तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० जेठ २ गते मंगलबार। १६ मे २०२३।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
स्वास्थ्यमा समस्या देखा पर्नसक्छ अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर पारिवारिक सहयोग मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज कष्टकर र अनावश्यक यात्रा हुन सक्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ। पुँजी बजार र शेयर बजारले पनि साथ नदेला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धर्मसंस्कृति सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । अधुरा कामहरू पुरा हुनsaसक्छ । शेयर बजारको लगानी पनि राम्रै रहला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ । 

Skip This
Skip This
Logo