नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणको बयान आज पनि लिइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणको बयान आज पनि लिइँदै

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सोमबार नसकिएपछि मंगलबार (आज) पनि लिइँदैछ।

उनको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो। पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो। गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको थियो।

सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमबार बयान नसकिएको भन्दै मंगलबार पुनः उनको बयान लिन लागिएको हो। 

प्रहरीले खाणविरूद्ध प्रमाण जुटाउनुपर्ने भएकाले बयान लिइसकेको थिएन। प्रहरीले खाणलाई पक्राउ गर्दा मोबाइल बरामद गरेको थियो। 

मोबाइल बरामद गर्नुअघि खाणले त्यसमा भएका सबै फर्म्याट गरिसकेका थिए।  त्यसपछि प्रहरीले उनीविरूद्ध प्रमाण जुटाउनको लागि मोबाइल फरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट रिपोर्ट ल्याएपछि उनको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो। 

आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका टोपबहादुर रायमाझीको पनि सोमबारै बयान लिइएको थियो।उनीहरूसहित १३ जनालाई अदालतले दिएको म्याद बुधबार सकिँदैछ। बुधबार उनीहरूलाई पुनः अदालतमा उपस्थित गराएर म्याद थप गराउनुपर्ने हुन्छ। उनीहरूमाथि प्रहरीले संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको हो।

Skip This
Skip This
Logo