राष्ट्र बैंक वित्तियसँग सम्बन्धित दोस्रो रणनिति पास गर्ने अन्तिमा चरणमा छ: गर्भनर अधिकारी

राष्ट्र बैंक वित्तियसँग सम्बन्धित दोस्रो रणनिति पास गर्ने अन्तिमा चरणमा छ: गर्भनर अधिकारी

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक वित्तियसँग सम्बन्धित दोस्रो रणनिति पास गर्ने अन्तिमा चरणमा रहेको बताएका छन्। 

सोमवार काठमाडौँमा नेपाल विमा प्राधिकरणको ५५ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले वित्तिय क्षेत्रको पहिलो चरणको रणनिति कार्यन्वयन गरिसकेको बताउँदै दोस्रो रणनितिको अन्तिमा चरणमा रहेको बताएका हुन्। 

दोस्रो रणनितिमा विमासँग सम्बन्धित विषयहरुमा विमा प्राधिकरण र विमासँग सम्बन्धित संथाहरुको महत्वपूर्ण सुझाबहरु लिने उनले जानकारी दिए । 

उनले भने‘ हामीले वित्तिय क्षेत्रको राष्ट्रिय पहिलो रणनिति कार्यन्वयन गरीसकेका छौँ । दोस्रो रणनिति पास गर्ने अन्तिमा छौं । त्यो रणनिति भित्र वित्तिय क्षेत्र भित्रको विमासँग सम्बन्धित विषयहरुमा विमा प्राधिकरण र विमासँग सम्बन्धित संथाहरुको महत्वपूर्ण सुझाबहरु लिने छौं र सहि रणनिति लिएर अगाडि बढ्ने छौँ ।’ उनले राष्ट्रिय विमा प्राधिकरणले आफ्नो काम कार्वाही नियमन र सुपरिवेक्षण सबै कुरामा सुधार गदै आएको टिप्पणी गरे। 

Skip This
Skip This
Logo