बैतडीमा नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना, ६ जना घाइते

बैतडीमा नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना, ६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बैतडीमा नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटनामा परेको छ। नेपालगंजबाट दार्चुलातर्फ स्वास्थ्य शिविरका लागि आउँदै गरेको भे १ क ३१८ नम्बरको कलेजको बस सोमबार राति १० बजे दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका-८ को अनारखोलीमा दुर्घटना भएको हो। 

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। घाइते हुनेमा बाँके नेपालगंज उपमहानगरपालिका-१२ का ३५ वर्षीय जंग बहादुर चौधरी, सोही ठाउँका ३२ वर्षीय शिसिर खड्का, ४४ वर्षीया रिता देवकोटा, ४६ वर्षीया सावित्री पौडेल, ४८ वर्षीया सुनिता खड्का, ४० वर्षीया ललिता गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।  

दार्चुलामा पाठेघरको शल्यक्रिया शिविरका लागि नेपालगंज मेडिकल कलेजको टिम सवार रहेको बस ओरालोमा ब्रेक फेल भई सडकको भित्तामा ठोकिन गई दुर्घटनामा परेको हो। बसमा रहेका मेडिकल उपकरण र औषधि सामग्रीमा पनि सामान्य क्षति पुगेको छ।  

चालक ४६ वर्षीय सुनिल श्रेष्ठ सकुसल रहेका छन्। बसमा सवार १७ जना रहेको र अन्य यात्रु सकुसल रहेको प्रहरीले बताएको छ।

Skip This
Skip This
Logo