नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मध्येका आङटावा शेर्पालाई प्रहरी तारेखमा छाडेको छ। आङटावा सोमवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौमा आत्मासमपर्ण गर्न पुगेका थिए।
आङटावा विरुद्ध हिरासतमा राख्नु पर्ने बलियो प्रमाण फेला नपरेपछि प्रहरीले उनलाई तारेखमा छाडेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले उनी विरुद्ध पक्राउ पुर्जी पनि जारी नभएको र हिरासतमा राख्नु पर्ने बलियो प्रमाण पनि नभएको हुँदा तारेखमा छाडिएको बताए।
उनले भने,‘आङटावा हामी कहाँ आएका थिए। हामीले उनी विरुद्धको कागजात हे-यौँ। उनी विरुद्ध पक्राउ पुर्जी पनि जारी भएको थिएन्। हिरासतमै राख्नु पर्ने बलियो प्रमाण पनि फेला परेन्। त्यसो हुँदा उनलाई तारेखमा छडिएको हो।’
रामेछापका पूर्व सासद उनले नक्कली भुटानी शरणार्थी बनाउने भन्दै रामेछाप र दोलखाका तीन सय भन्दा धेरै युवासँग रकम असुलेका थिए। विवाद आएपछि उनले अधिकांशको रकम फिर्ता गरेका थिए।
कतिपयको अझै रकम फिर्ता हुन सकेको छैन। उनीहरुलाई केही दिनभित्रै रकम फिर्ता गर्ने आश्वासन उनले दिँदै आएका छन्। त्यसो हुँदा उनी विरुद्ध कसैले पनि प्रहरी कार्यालयमा उजुरी दिएका छैनन्।































प्रतिक्रिया