१२ करोडमा निमार्ण भएको मलायम मुभी १ सय करोड हाराहारीमा कमाई

१२ करोडमा निमार्ण भएको मलायम मुभी १ सय करोड हाराहारीमा कमाई

केन्द्रबिन्दु
0
Shares

जब बलिवुड बक्स अफिसमा एक हप्तामा कति कमाई लिन सफल भयो भनेर सबैको नजर परिरहेको हुन्छ। तर, अपत्यारिलो रुपमा एउटा मलायम फिल्मले भने बक्स अफिसमा झन्डै १ सय करोडको हाराहारीमा कमाई गरिरहेको छ ।

एउटा वास्तविक घटनालाई पर्दामा उतारिएको चलचित्र ‘२०१८, एवरीवन इज अ हिरो’ नामक मलायम चलचित्रले अकल्पनीय रुपमा ग्रस कलेक्सन गरे पछि यसको तारिफ गर्नेहरु दिन प्रतिदिन बढेका छन्।  सो फिल्म हेरेपछि फिल्म क्रिटिक्सहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन्।

‘२०१८ः एवरीवन इज ए हीरो’  विश्व भरीका फिल्म घरहरूमा धुम मचाउन सफल भएको हो । फिल्म बजारमा एको ९ दिनमा नै मलायम भाषीहरुवाट लगभग ५.६ करोडको कलेक्सन गरेको छ। मोलीवुडको इतिहासमा यो पहिलो पटक यति धेरै कलेक्सन गरेको जनाइएको छ। 

साथै, विश्वभरीवाट भने ८० करोड भन्दा बढीको कमाई गरिसकेका छ र पब्लिक माउथ प्रोमोसनका कारण झन्डै १०० करोडको हाराहारीमा यसले कमाई गर्ने जनाईएको छ। यो फिल्म जूड एन्थनी जोसेफले निर्देशन गरेका हुन्। 

लगभग १२ करोड रुपैँयामा निमार्ण भएको चलचित्रले १ सय करोड बराबर कमाई गरे पछि यसको झन चर्चा परिचर्चा सुरु हुन थालेको छ। यो फिल्म केरलामा गएको एउटा बाढीको घटनामा आधारित रहेको छ। 

Skip This
Skip This
Logo