नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले नम्बर प्लेट पाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो।
यात्रीले गत वर्ष मे १५ का दिन पहिलो मोटरसाइकल पी-१ ग्राहकलाई डेलिभरी गरेको थियो। त्यसको ठीक एक वर्ष पश्चात हिजो ‘नेपालमा बनेको पहिलो सवारी साधन यात्री पी-१’ दर्ता भएको बताइएको छ।
लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलेको हो।
कम्पनीले यो इतिहास रच्न सहयोग गर्ने आफ्ना विशेष प्रयोगकर्तालाई कृतज्ञता प्रकट गर्नुका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित यातायात व्यवस्था विभाग र सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।
यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल) मा ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी-१ बाइक दर्ता भएसँगै यात्री नेपालमै उत्पादित सवारीमध्ये पहिलो दर्ता हुने कम्पनी बनेको छ।





























प्रतिक्रिया