उद्योग क्षेत्रमा गुणस्तर बढाउने भन्दा भ्रष्ट नेता पछ्याउने प्रवृत्ति बढ्याेः स्वर्णिम वाग्ले

उद्योग क्षेत्रमा गुणस्तर बढाउने भन्दा भ्रष्ट नेता पछ्याउने प्रवृत्ति बढ्याेः स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले उद्योग क्षेत्रमा गुणस्तर बढाउने भन्दा पनि नेताहरुको पछि लाग्ने प्रवृत्ति बढेको आरोप लगाएका छन् । 

मंगलवार काठमाडौंमा आयोजित मेक इन नेपाल स्वदेशी समिट कार्यक्रममा सांसद वाग्लेले भ्रष्ट नेताहरुको भर पर्ने भन्दापनि आफ्नो क्षमतामा विश्वास गरेर अघि बढ्न उद्योगीलाई सुझाव दिएका हुन् । 

उनले भने, ‘नेपालमा नेताको पछि किन लाग्नु पर्याे यो प्रवृत्तिबाट उन्मुक्त गराउने काम अब हाम्रो र नीति निर्माताहरुको काम हो । त्यस्तो व्यवस्था ल्याउने हो भने सबैजना आफ्नो व्यापार कसरी बढाउने, गुणस्तर कसरी बनाउने र विदेश कसरी पठाउने भन्ने तिर ध्यान जान्छ । आफ्नो गुणले अगाडि बढौं भ्रष्टचार गर्ने नेताहरुको भरमा भन्दा पनि, हामी विस्तारै जानुपर्ने भनेको कसैको ढोका चार्नै नपर्ने नीति तिर हो, के के र कहाँ जानि भनेर सोच्नु पर्छ । कुन ऐनको कुन दफाले म इमान्दार भएर काम गर्छुभन्दा पनि रोकेको छ त्यस्ताहरु पत्ता लगाउ चाहने हो भने आर्थिक क्षेत्र विकासमा धेरै कामहरु गर्न सक्छौँ ।’

सांसद वाग्लेले हाम्रो ध्यान उत्पादित सामानलाई कसरी बजारीकरण गर्ने भन्दा पनि मन्त्री र प्रधानमन्त्रीलाई भेटेर सेटिङ् गरेर तुरुन्तै लाभ लिने भन्ने तर्फ लागेको भन्दै यो प्रवृत्ति परिवर्तन हुनु पर्ने बताए । नीजि क्षेत्रले तिरेको करबाट हाम्रो ढुकुटी जति राम्रो हुन्छ त्यती नै हामीले राज्यलाई समृद्ध बनाउन सक्ने भन्दै उनले नेपाल नीजि क्षेत्रमैत्री बन्नुपर्ने बताए । 

Skip This
Skip This
Logo