भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, अब निगमले के गर्ला ?

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, अब निगमले के गर्ला ?

केन्द्रबिन्दु
0
Shares

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

आईओसीले निगमलाई १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार आईओसीले  मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

Logo