मदन आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता आजबाट सुरु हुने हुने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकटको ‘पिपुल्स भोलेन्टियर्स’ को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा बुधबारदेखि हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ। सो प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने ।
प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए।उनका अनुसार प्रतियोगिताको उपाधि विजेता टोलीलाई रु. तीन लाख, उपविजेतालाई रु. दुई लाख र तेस्रो टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो। २०५० जेठ ३ गते चितवनको दासढुङ्गा, चितवनमा रहस्यमय जिप दुर्घटनामा परी उनीहरुको निधन भएको थियो।































प्रतिक्रिया