अर्थमन्त्री डा. प्रकाश शरण महतले सिमेन्ट उद्योगहरुलाई बचाउन सिमेन्टका सडकहरु निर्माण गर्ने समय आएको बताएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्ताे बताएका हुन् । महतले सिमित स्रोत साधनका वावजुद पनि सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने गरि बजेटको तयारी गरिरहेको बताए। ‘अर्थतन्त्रको आकार वृद्धि र नागरिक सम्म पुर्याउनु हाम्रो लक्ष्य हो । मेक इन नेपाल के के सम्भब छ हेरेर काम गर्ने हो।’महतले भने।
‘सिमेन्टमा आत्मनिर्भर भएर निर्यात गर्ने अवस्थामा पुगेका छाैँ। धेरै लगानी केन्द्रित हुँदा विकृती आएको छ । अब सिमेन्टको सडक बनाएर उद्योग जोगाउन पर्छ ।’, महतले भने । उनले सिमेन्टका ढलान सडकहरुको लागत सुरुमा केहि महंगो भए पनि बलियो, ढिकाउ र वातावरणा मैत्री हुने दावी पनि गरे।
उनले अर्थतन्त्र बाहिरबाट हेर्दा र भित्रबाट हेर्दा फरक फरक देखिएको पनि उनले बताए । ‘अर्थतन्त्रमा बाहिरबाट हेर्दा र भित्रबाट हेर्दा फरक फरक देखिन्छ । हामी सहि ढंगले मूल्यांकन गरेर काम गरिरहेका छौँ।’





























प्रतिक्रिया