गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहमध्ये अहिलेसम्म सडक सञ्जालले नछोएको एक मात्र मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको छ।
सडक विस्तार भएको दुई दशकपछि हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको हो। नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले पालिकालाई सडक सञ्जालसँग जोड्न आफू दृढ रहेको बताए। गाउँपालिकाको ९० लाख एकल लगानीमा सडक विस्तारको काम भइरहेको छ।
२०७७ देखि सडक विस्तार गरिए पनि हालसम्म २६ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडक निर्माण गरिएको र २१ किलोमिटर सडक निर्माण हुन बाँकी छ।
अध्यक्ष लामाले सडक विस्तारका लागि हारगुहार गर्दा पनि संघ र प्रदेशबाट कुनै सहयोग नभएको भन्दै गाउँपालिकाको एकल प्रयासमा सडक विस्तारको कामलाई निरन्तरता दिइएको बताए।
मनाङको सबैभन्दा बिकट मानीएकाे नार्पाभुमी गाउँपालिकाका स्थानीय सडकको पहुँच नहुँदा खच्चडमा सामान ढुवानी गर्ने गर्दछन्।





























प्रतिक्रिया