महालेखा परीक्षक टंकमणि शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन कायम गर्न नसकेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको कार्यक्रममा महालेखा परीक्षक शर्माले सरकारी वा गैरसरकारी निकायहरुले अभिलेखहरु व्यवस्थित गर्न नसकेको बताएका हुन् । ‘सरकारी निकाय होस या गैरसरकारी निकाय जे कुराको पनि अभिलेखहरु व्यवस्थित छैन् । रेकडिंङ, रिपोर्टिङ,र लेखाजोखा केही पनि राम्रो छैन । यो पाटोमा हामीले ध्यान दिन सकेका छैनौं ।’
उनले सबै निकायले आफ्नो आफ्नो संस्थाहरुको अभिलेखहरु व्यवस्थित गर्न आवश्यक भएको बताए ।
महालेखा परीक्षक शर्माले नीति नियम बनाउने देखि लिएर सबै कुरामा सम्पूर्ण निकायले ध्यान दिन आवश्यक भएको बताए । यसैको अभावले निर्णय लिन असहज भएको उनको भनाइ छ ।































प्रतिक्रिया