शरणार्थी प्रकरणमा शीर्ष नेताहरु संलग्न भएपनि छाड्न हुन्नः शान्ति समाज

शरणार्थी प्रकरणमा शीर्ष नेताहरु संलग्न भएपनि छाड्न हुन्नः शान्ति समाज

केन्द्रबिन्दु
0
Shares

मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुमाथि कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ ।

बुधबार समाजको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग उनकै कार्यकक्षमा भेट गरि भुटानी शरणार्थी प्रकरण सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन/अनुसन्धान गर्नुपर्ने माग गरेको छ । 

छानविनको क्रममा दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही भएपनि कानुन सम्मत कारबाही सुनिश्चित हुनुपर्ने तर्फ पनि शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।  

यसैगरी सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित हुनुपर्ने र मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन पनि शान्ति समाजले आग्रह गरेको छ । भ्रष्टाचारका दर्जनौँ जघन्य काण्डहरुमा सम्मिलित नेताहरुलाई कारबाही नहुँदा नागरिकहरुमा चरम आक्रोश बढ्दै गइरहेकोतर्फ पनि शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुमाथि कारबाही सुनिश्चित गर्न आग्रहसहित कुशासन र दण्डहीनता विरुद्ध शान्ति समाजले जेठ १ गतेदेखि शुरु गरेको देशव्यापी अभियानका क्रममा विभिन्न जिल्लाहरुमा प्रदर्शन भइरहेको छ ।

Skip This
Skip This
Logo