आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्यूआर स्क्यान गर्दा छुट पाइने

आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्यूआर स्क्यान गर्दा छुट पाइने

केन्द्रबिन्दु
0
Shares

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले अब डिजी मार्टमा आइएमई पेमार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ ।

सो अफर अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोवारमा १०० रुपैयाँसम्म १० प्रतिशत छुट पाउने छन् । अफर अन्तराल भरी सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने छ । ग्राहकवर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्नेछन् । 

यो अफर असार ३१ सम्म चल्ने छ।

आइएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो । यो अफर थोरै रकममा ग्राहकवर्गलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको हो ।

Logo