होन्डाले ल्यायाे पहिलो इलेक्ट्रिक स्कुटर, यस्ता छन् फिचर

होन्डाले ल्यायाे पहिलो इलेक्ट्रिक स्कुटर, यस्ता छन् फिचर

केन्द्रबिन्दु
0
Shares

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ । होन्डाले सन् २०२५ सम्ममा विश्वव्यापी रूपमा १० वा सोभन्दा बढी विद्युतीय दुई पाङ्ग्रे मोडलहरू ल्याउने योजनाको घोषणा गरेपछि अनावरण गरिएको यो पहिलो मोडेल हो। 

ईएमको अर्थ इलेक्ट्रिक मोपेड हो । यो मोडेलले सजिलो, रमाईलो शहरी यातायात खोज्ने युवा जनसांख्यिकीलाई लक्षित गरी राखिएको कम्पनीले दाबी गरेको छ । यो कम्प्याक्ट, फ्ल्याट-फ्लोरेड, स्मूथ स्टाइलिंगको साथ होन्डा दायराभित्र यसको भिन्नता र अद्वितीय पहिचानलाई चिन्हित गर्ने बताइएकाे छ । 

निकै आकर्षक डिजाइन दिइएको यस नयाँ इलेक्ट्रिक स्कुटरको अगाडिको भागलाई कर्वी स्टाइल र पछाडिको भागलाई एंगुलर शेप दिइएको छ । स्कुटरमा एलईडी लाइटका साथै अन्डरसिट स्टोरेज, बोतल होल्डर, युएसबी चार्जर र एप्रोनमा हुक पनि उपलब्ध छन् । यसमा पिलियन फुटपेगहरू, रियर क्यारियर र द्रुत पार्किंगको लागि साइड स्ट्यान्ड पनि छन्।

यस स्कुटरमा ०.५८ किलोवाटको हब माउन्टेड मोटर दिइएको छ, जसले १.७ किलोवाटको पावर जेनेरेट गर्छ । लिथियम आयन ब्याट्री उपलब्ध रहेको यसले सिंगल चार्जमा ४८ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । ब्याट्रीको वजन लगभग १० किलोग्राम हुन्छ भने ५.३ केजी तौलको चार्जर पनि दिइएको छ ।

हाल कम्पनीले स्कुटरको मूल्य भने सार्वजनिक गरेकाे छैन । कम्पनीले यसको अपडेट भेरिएन्ट भविष्यमा नेपाल लगायत अन्य बजारमा लन्च गर्ने पनि अनुमान गरिएको छ ।

Skip This
Skip This
Logo