युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले राजनीतिक खिचातानीको अवस्थाले गर्दा खेलकुदको विकास नभएको टिप्पणी गरेका छन् ।
विहीबार काठमाडौंमा आयोजित ऐतिहासिक पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई नगद सहित सम्मान गर्दै मन्त्री लिम्बूले खेलकुद क्षेत्र उपेक्षाको शिकार भएको बताएका हुन् । यो क्षेत्रलाई कसैले पनि प्राथमिकतामा नराखेको र सबैले खेलकुदको क्षेत्रलाई वेवास्ता गरेको उनको भनाइ छ ।
उनले भने, ‘नेपालको सन्दर्भमा खेलाडीहरुले सेवा सुविधा पाइरहेको अवस्था छैन् । सरकारले त्यसको व्यवस्था गर्न सकेन् । विगत २८ वर्ष देखि एकै ठाउँमा बसेर काम गरिरहेको सुनिन्छ । त्यहाँ काम भएन् । बढुवा भएन्, जतापनि राजनीतिक खिचातानी भईरहेको देखियो ।’
मन्त्री लिम्बूले जतिसक्दो आफ्नै प्रयत्नमा यो क्षेत्रको सुधार गर्ने र काम गर्ने बताए । उनले आफूले १८ घण्टा काम गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।































प्रतिक्रिया