दाङको देउखुरीमा सवारी दुर्घटना एकको मृत्यु, दर्जन बढी घाइते

दाङको देउखुरीमा सवारी दुर्घटना एकको मृत्यु, दर्जन बढी घाइते

केन्द्रबिन्दु
0
Shares

दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी- ७ निवासी ४३ बर्षीया  सोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो। सो दुर्घटनामा परी दर्जन भन्दा बढी घाइते हुन पुगेका छन्।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो।

भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुन पुगेका छन। दुई दर्जन बढी घाइते भएको उल्लेख गर्दै प्रहरीले ११ जनाको भने अवस्था गम्भीर रहे पछि नेपालगञ्जलगायतका स्थानमा थप उपचारका लागि पठाईएको छ। 

Skip This
Skip This
Logo