स्याङ्जाको वालिङ नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ। राष्ट्रिय भू-उपयोग ऐन २०७६ र नगरपालिकाको भूउपयोग क्षेत्र वर्गीकरण तथा मापदण्डका आधार २०७९ अनुसार जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाएको हो।
लामो समयसम्म कित्ताकाट हुन नसक्दा जग्गाको कारोबार ठप्प थियो। जग्गाको कित्ताकाट खुलेसँगै राजस्व संकलन समेत बढ्न थालेको छ। १४ वडामध्ये नगरपालिकाले पहिलो चरणमा सिद्धार्थ राजमार्गसँग जोडिएका तथा बजारका वडा ६, ८, ९, १० र १३ वडामा कित्ताकाट थालेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए।
कित्ताकाट शुरू भएका वडाको जग्गाको वर्गीकरण गरी मालपोत र नापी कार्यालयमा स्रेस्ता कायम गर्न पठाइएको छ।‘पहिलो चरणमा जग्गाको वर्गीकरण गरिएका वडाबाट कित्ताकाट आरम्भ गरेका छौं,’ उनले भने,‘दोस्रो चरणमा बाँकी रहेका वडाको क्रमशः कित्ताकाट खुलाउँदै जान्छौँ।’































प्रतिक्रिया