शितलनिवासमा राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेट, के भयो कुरा ?

शितलनिवासमा राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेट, के भयो कुरा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सकिए लगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् ।

भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला आज सचिवालय बैठकसमेत बसेको थियो । आजको सचिवालय बैठक सङ्कट समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकले पार्टीमा देखिएको सङ्कट समाधान गर्न छलफल जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिए। शीर्ष नेताबीच सरकार र पार्टी सञ्चालनका विषयमा एकमत नहुँदा यसअघि पटकपटक स्थायी कमिटी बैठक स्थगन हुँदै आएको छ ।

Skip This
Skip This
Logo