ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु

ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका-१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ। अर्का एक सङ्कलक घाइते भएका छन्। 

यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

यार्सागुम्बा सङ्कलन गर्ने क्रममा  माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो। ऐतवालको घट्नास्थलमै मृत्यु भएको उनले बताए। 

सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ। सामान्य चोट लागेका उनको घरमै प्राथमिक  उपचार भइरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक  प्रकाशबहादुर  सिंहले जानकारी दिए। 

Skip This
Skip This
Logo