दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो।

उक्त दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्दै जिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको बताएको छ। अहिले उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ।

Skip This
Skip This
Logo