लागुऔषधसहित ५ जना पक्राउ

लागुऔषधसहित ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

देशका विभिन्न स्थानबाट पाँचजनालाई लागुऔषधसहित ‍पक्राउ गरिएकाे छ। कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७ सय ९० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरी रहेका छन्। प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। 

कपिलवस्तुकाे कपिलवस्तु नगरपालिका-२ तौलिहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-३ देवनगढिया बस्ने २४ वर्षीय आनन्द चौरसियालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।  

मोरङ, उर्लाबारी नगरपालिका-३ सुनपकुवा बस्ने २१ वर्षीय निशान धिमाल र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय निरोज कुमार लिम्बूलाई नियन्त्रित लागूऔषध  ट्रमाडोल २ सय २८ क्याप्सुल र स्पासपेन २ सय २८ क्याप्सुलसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

निशान धिमालको घरमा प्रतिबन्धित औषधि ओसारपसार तथा बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले प्रयोग गरेको प्र.नं.१-१०१२ प १२०५ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ। 

Logo