काठमाडौंलाई व्यवस्थित गर्न राज्यले कुनै पहल गरेनः खिमलाल देवकोटा

काठमाडौंलाई व्यवस्थित गर्न राज्यले कुनै पहल गरेनः खिमलाल देवकोटा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले काठमाडौंलाई व्यवस्थित बनाउन राज्यले कुनै पनि पहल नगरेको टिप्पणी गरेका छन् । 

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको विभिन्न निकाय र तहहरुबीच उचित समन्वय र सहकार्य नहुँदा र आफ्नो भुमिका ईमान्दारीका साथ निर्वाह नगर्दा काठमाडौं संसारको सबैभन्दा प्रदुषित शहरको रुपमा परिणत भएको बताए । 

काठमाडौं संसारको सबैभन्दा प्रदुषित शहर भनेर विभिन्न समाचारहरु आईरहेका छन् । यसको लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । वायु प्रदुषणलाई नियन्त्रण गर्न राज्यले अनुगमन नै नगरेको उनको आरोप छ । प्रदुषणले जनतालाई असुरक्षित महसुश गराएको उनको भनाई छ । उनले यसमा राज्यले व्यवास्था गरेको बताए । 
 

Skip This
Skip This
Logo