राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले सरकारको भनाई र गराईमा एकरुपता हुनुपर्ने आवश्यकता औल्याएका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा उनले प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्रीका बीचमा भएको प्रश्न उत्तरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफ अविश्वसनिय रहेको दाबी गरे । मुलुकमा सुशासन कायम गर्न नेतृत्वमा रहने व्यक्तिको भनाई र काम गराईमा एकरुपता हुनुपर्ने उनको टिप्पणी छ ।
उनले भने, ‘नेपाली जनाताको चाहाना सुशासन हो । त्यो कायम गर्न सकियो भने स्वभाविक हिसावले नेपाली जनताका बीचमा आशा पलाउँछ । यो आशा पलाउनको लागि मुलुकको नेतृत्व गरिरहेको मान्छेको भनाई र गराईमा एकरुपता हुन आवश्यक छ ।’
उनले थपे, ‘प्रधानमन्त्रीलाई क्यान्टोनमेन भ्रष्टाचार प्रकरणमा तत्कालिन समयमा बाहिरिएको टेपमा ‘हाम्रा सेना ६, ७ हजार त होनि’ भनेर बोलेको विषयमा प्रश्न सोध्दा ‘हिसाव ठिकै छ, महालेखा लेखापरिक्षणले ठिक सावित गरिसकेको छ । त्यसैले यो विषयलाई धेरै नकोट्याउ भनेर जवाफ दिनुभयो । यसले के देखाउँछ भने मुलुकको नेतृत्व गरिरहेको मानिसको भनाई र गराईमा एकरुपता भएन भने सुशासन कायम हुन सक्दैन ।’
उनले राष्ट्रिय गौरवको आयोजनामा रहेको पूर्वपश्चिम रेलमार्ग र काठमाडौं तराई फास्ट ट्रयाक सम्पन्न गर्न सके नेपाली युवामा विकासको आशा पलाउने भन्दै त्यसलाई पूरा गर्न सरकार गम्भिर हुनुपर्ने बताए ।
राष्ट्रिय गौरवका आयोजना अन्र्तगतको काठमाडौं तराई फास्ट ट्याक अनुगमन गर्दा आउँदो आर्थिक वर्षमा काम सम्पन्न हुन सक्ने देखिएकाले खोकना बुङ्मतीको मुआब्जा विवाद टुंङ्याएर जनतामा सकारात्मक सन्देश प्रवाह गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखे ।































प्रतिक्रिया