राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आरोहणका लागि नयाँ हिमाल खुल्ला गर्ने घोषणा गरेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आन्तरिक तथा बाह्य पर्यटनका निम्ति सधैँका लागि र सबैका लागि नेपाल भन्ने अवधारणालाई अघि सारेको बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय समुदायमा पनि सोही किसिमको ब्राण्डिङ गर्ने र नयाँ हिमाललाई पनि आरोहणका लागि खुल्ला गरिने बताए ।
उनले भने, सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास गरि एक उद्देश्य एक सांस्कृतिको अवधारणा अघि बढाइने छ । प्रकृति र संस्कृतिको मिश्रणलाई आधार बनाई विश्वपर्यटन बजारमा सबैका लागि आकर्षकको रुप बनाईने छ । आन्तरिक तथ बाह्य पर्यटन प्रवर्धन सञ्चालन गर्ने छ,नयाँ हिमाल आरोहणका लागि खुल्ला गरिने छ । हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षाएवं उद्धारको भरपर्दो व्यवस्था गरिने छ ।’































प्रतिक्रिया