‘रेमिट्यान्स’को भर पर्दा अर्थ व्यवस्था कमजोर बन्यो: उपसभामुख मगर

‘रेमिट्यान्स’को भर पर्दा अर्थ व्यवस्था कमजोर बन्यो: उपसभामुख मगर

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले ‘रेमिट्यान्स’मा मात्रै भर पर्दा मुलुकको आर्थिक अवस्था नाजुक भएर जाने बताएकी छिन्। 

जर्मनमा भएको राइज डब्ल्यूटिओमा सहभागिपछि नेपाल फर्किएकी उपसभामुख रानाले मुलुकमा भएका उत्पादन निर्यात गर्नेतर्फ गहन ढंगले सोच्नु पर्ने बताएकी छिन् । 

पत्रकारसँगको भेटमा उनले भनिन्, ‘रेमिट्यान्समा मात्रै भर परेर बस्ने हो भने देशको आर्थिक अवस्था नाजुक भएर जाने छ। देशमा भएका उत्पादनहरुको निर्यात कसरी बढाउने भन्ने बिषयमा गहन ढंगले सोच्नु पर्ने देखिएको छ।’ देशले उत्पादन बढाउन नसक्नु नै ठूलो कमजोरी भएको उनले भेटका क्रममा बताएकी छिन्। 

Logo