यो साता १६ सयले घट्यो सुनको मूल्य

यो साता १६ सयले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको छ । 

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ कायम थियो जुन यो साताको शुक्रबारसम्म आइपुग्दा १ लाख ९ हजार २ सय पुगेको छ । 

यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार २ सय ५० रुपैयाँ रहेको थियो भने यो साता १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेर १ लाख ११ हजार पुगेको थियो । मंगलबार तोलामा १ सय रुपैयाँले बढेको मूल्य बुधबार पुनः ओरालो लागेको थियो । यस्तै, विहीबार तोलामा ३ सय र शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेको थियो । 

यो साता चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर गत साताको शुक्रबार तोलामा १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

Logo