आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिक बीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ ।
सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
सो सम्झौताअन्तर्गत ग्राहकवर्गलाई आफ्नो स्वास्थ्यसम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने छ । पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौतामार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिब टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।































प्रतिक्रिया