यार्सा टिप्न गएकाबीच मुगुको पाटनमा झडप हुँदा ५ जना घाइते

यार्सा टिप्न गएकाबीच मुगुको पाटनमा झडप हुँदा ५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

गाउँपालिकाले तोकेको कर नतिरी यार्सागुम्वा टिप्न पाटन पसेका संकलकहरुलाई नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका छन् ।

मुगुकाे मुगुमकार्मारोङ्ग गाउँपालिका -१ वाङ्गरीका पाटनहरुमा कर नतिरी लुकिछिपी यार्सागुम्बा टिप्न पुगेका जुम्ला जिल्ला पातारासी गाउँपालिका स्थानीयलाई वडा नं १ डोल्फु गाउँका बासिन्दाहरुले नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मुगुम कार्मारोङ्ग गाउँपालिका -१ डोल्फु गाउँका कार्मा लामा,पेमा आङ्गडाल लामा, छिरिङ्ग मिन्जुक लामा र २ जना रहेको शसस्त्र प्रहरी नायव उपरीक्षक डम्वर रानाले जानकारी दिए । 

घाइतेमध्ये छिरिङ्ग मिन्जुक लामा २ महिनाकी गर्भवती छिन् । घाइते तीनमध्ये छिरिङ्ग र कार्मा अलि बढी घाइते भएकोले उनीहरुलाई सदरमुकामतर्फ ल्याउँदै गरेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारी दिए । 

मुगुका पाटनहरुमा यार्सा टिप्नका लागि शुक्रबारबाट मुगुमकार्मारोङ्ग गाउँपालिकाले प्रवेश खुला गरेको थियो ।

Skip This
Skip This
Logo