नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक बस्दै

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार बिहान ११ बजे बैठक बस्नेछ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरू तोकिएको सचिवालयले जनाएको छ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्माननीय राष्ट्रपति महोदयले २०८० जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आ.ब. २०८०/८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफल प्रारम्भ गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, बार्षिक नीति तथा कार्यक्रममाथी माननीय सदस्यहरुबाट प्राप्त संशाेधन प्रस्तुत हुने र  सम्बोधनमाथि छलफल गरिने महासचिव भरतराज गौतमले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख छ । 

 

Skip This
Skip This
Logo