एकीकृत समाजवादी भक्तपुरको अध्यक्षमा राजेन्द्र कोजू निर्वाचित

एकीकृत समाजवादी भक्तपुरको अध्यक्षमा राजेन्द्र कोजू निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको भक्तपुर नगरको अध्यक्षमा डा. राजेन्द्र कोजू निर्वाचित भएका छन्। पार्टीको शनिबार भक्तपुरमा भएका पहिलो नगर अधिवेशनले डा. कोजूको अध्यक्षतामा ५१ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो। 

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा जनु न्हेमाफुकी, सचिवमा रामकृष्ण छुस्याबाग, निर्वाचित भए। त्यस्तै सदस्यहरूमा अनिता जति, रश्मी श्रेष्ठ, सुनिता महर्जन चगुठी, श्यामा नायभालगायतका छन्। 

अधिवेशनको उद्घाटन पार्टीका केन्द्रिय उपमहासचिव गंगाराम तुलाधरले गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवं जिल्ला संयोजक ध्रुबराम विष्ट, पुराना कम्युनिष्ट नेता न्हुछेबहादुर ढुकुछू, पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेतलगायले पार्टीलाई भक्तपुरको पहिलो पार्टी बनाउने योजनाका साथ अघि वढ्नुपर्ने बताए। 
 

Logo