सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने छ: मन्त्री यादव

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने छ: मन्त्री यादव

केन्द्रबिन्दु
0
Shares

खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्‍याउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए।उनले भने, “वर्तमानसत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटि सच्याउने छ।”

नेपाल समाजवादी पार्टीका (नेसपा)का अध्यक्ष समेत रहेका उनले संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वका लागि आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताए। 

Skip This
Skip This
Logo