स्वास्थ्य चौकीमा आगलागी

स्वास्थ्य चौकीमा आगलागी

केन्द्रबिन्दु
0
Shares

गोरखाको सहिद लखन गाउँपालिका-७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुँदा प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ।

आइतबार बिहान ४ बजेतिर विद्युत् सर्ट भएर सल्केको आगलागीबाट स्टोरमा रहेका औषधि,अक्सिजनलगायत स्वास्थ्य सामग्री जलेर नष्ट भएको छ। केही सामान निकाल्न सकिए पनि धेरै सामग्रीमा क्षति पुगेको बताइएको छ। आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ। 

Skip This
Skip This
Logo