विश्वभर कोरोनाको महामारी तर यी १२ देश अझै ‘चोखो’

विश्वभर कोरोनाको महामारी तर यी १२ देश अझै ‘चोखो’

केन्द्रबिन्दु
0
Shares

विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । हालसम्म २ सय भन्दा बढी देशमा कोरोना संक्रमण देखिएको छ।

यो भाइरसबाट १ करोड ३६ लाख १६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पाँच लाख ८५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोनाको संक्रमणबाट ४० जनाको ज्यान गइसकेको छ भने १७ हजार ४४५ जना संक्रमित भएका छन् ।

तर अझै पनि केही देशहरू कोरोनाबाट चोखा छन् । यी देशहरूमा कोभिड १९ को कुनै पनि केस देखिएका छैनन् । अलजजिराका अनुसर अझै पनि १२ वटा देशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

अझै पनि कोरोनाको संक्रमण नदेखिएको देशहरूमा किरिबाटी, मार्सल टापु, माइक्रोनेसिया, नाउरो,उत्तर कोरिया र पलाउ रहेका छन् । त्यस्तै सामोआ, सोलोमन टापु,टोंगा, तुर्किमिनिस्तान,तुभालु र भानुएटुमा पनि हालसम्म भाइरसको संक्रमण देखिएको छैन ।

Skip This
Skip This
Logo