राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ नेकपाभित्र देखिएको समस्या ‘व्यक्ति परिवर्तन’ गरेर समाधान नहुने उल्लेख गरेका छन् । शनिबार (आज) ट्वीट् गर्दै अध्यक्ष थापाले व्यक्ति परिर्वतनमा केन्द्रित विवादले समस्याको समाधान नहुने उल्लेख गरेका हुन् ।
उनले नेकपाभित्रको विवाद नीति, पद्धति र प्रणालीबारे नभई निन्तान्त व्यक्तिगत र व्यक्ति केन्द्रित रहेको जनाएका छन् । “सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आँट गर्नुस् । होइन भने जनादेश अनुसार पाँच वर्ष मिलेर काम गर्नुस्” थापाले लेखेका छन् ।
उनले नेकपाका नेताहरुलाई जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्न आग्रह पनि गरेका छन् ।
सत्तारुढ दल नेकपाको विवाद नीति/पद्दति/प्रणालीवारे होईन,नितान्त व्यक्तिगत/व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ।अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुंदैन।सक्नुहुन्छ भने १२बुंदे सम्झौतापछिको मार्गचित्र परिवर्तनगर्ने आंट गर्नोस्।होइन भने जनादेश अनुसार ५बर्ष मिलेर काम गर्नोस्
— Kamal Thapa (@KTnepal) July 18, 2020































प्रतिक्रिया