रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै

रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै

केन्द्रबिन्दु
0
Shares

रातो मच्छिन्द्रनाथको रथलाई आज साेमबार लगनखेलबाट जावलाखेल तानिँदैछ।आज दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको छ।

लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुर्‍याइएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ ।

त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ।रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि गएकाे वैशाख २८ गते ज्योतिषीहरूले आजको साइत निकालेका थिए ।

Skip This
Skip This
Logo