झापामा पोथी हात्ती मृत फेला

झापामा पोथी हात्ती मृत फेला

केन्द्रबिन्दु
0
Shares

झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ।

आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए।

हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन। हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ। स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन्। झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo