माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको ९ लाख चोरी

माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको ९ लाख चोरी

केन्द्रबिन्दु
0
Shares

रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ चोरी भएको छ। रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ७५००६५३८३८०००१४ बाट रकम चोरी भएको हो ।

उनको धेरै जसो आर्थिक कारोबारहरु माछापुच्छ्रे बैंकमै हुने गरेको छ। तर, केही दिन अघि घटेको घटनाका कारण भने रामेश्वरको बैंकप्रतिको विस्वास नै टुटेको छ।

उनको खाताबाट एकाएक ९ लाख रुपैयाँ चोरी भएको उनलाई बैंककै कर्मचारीले बताए। यादवको नाममा रहेको माछापुच्छ्रे बैंकको खाता नम्बर ७५००६५३८२८०००१४ ३ दिन अघि मा १२ लाख २० हजार रुपैयाँ चेकमार्फत जम्मा भएको थियो। खातामा भएको रकममध्ये ९ लाख रुपैयाँ निकाल्नका लागि उनी बैंकमा पुगे।

तर, उनी पुग्नु अगावै खाताबाट ९ लाख रुपैयाँ चोरी भइसकेको थियो। माछापुच्छ्रे बैंकका शाखा प्रमुख रामजी दासले पनि पैसा चोरी भएको स्वीकार गरेका छन् । तर, उनले बैंकका कर्मचारी आफैले भने नचोरेको दावी गरे। उनले ह्याकरले पैसा चोरेको हुनसक्ने बताएका छन्। 

पीडित सेवाग्राहीले न्यायका लागि प्रहरी गुहारेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले बैंकबाट रकम चोरी भएको विषयमा अनुसन्धान गरिरहेको बताए ।

Logo