नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले काठमाडौँको क्षेत्र नं.१ शान्तिनगर क्षेत्र पैदल यात्रीको दृष्टिकोणबाट ‘ब्ल्याक स्पट’ बन्दै गएको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा उनले शान्तिनगर क्षेत्र दुर्घटनाका दृष्टिले ‘ब्लायक स्पट’बनेको बताए। पैदलयात्री असुरक्षित भएको हुँदा उक्त क्षेत्रमा आकाशे पुल निर्माण गरिनुपर्ने उनको माग थियो।
उनले भने, ‘काठमाडौँ क्षेत्र नं. १ स्थित शान्तिनगर क्षेत्र पैदल यात्रीका लागि असुरक्षित बन्यो। सडक ‘ब्ल्याक स्पट’ बन्यो। केही वर्षएता धेरै पैदल यात्रीले दुर्घटनामा परी ज्यान गुमाएका छन्। त्यसो हुँदा उक्त क्षेत्रमा आकाशे पुल निर्माण हुनु प-यो।’































प्रतिक्रिया