प्रचण्डलाई नेपालको सुझाव: स्विच थिचेर एकै पटक ७५३ कर्भडहलको शिल्यान्यास नगर्नूहोला

प्रचण्डलाई नेपालको सुझाव: स्विच थिचेर एकै पटक ७५३ कर्भडहलको शिल्यान्यास नगर्नूहोला

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले व्यक्तिवादी सोचबाट काम नर्गन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

सोमबार प्रतिनीधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा उनले, देशभरका ७५३ वटै पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्ने गल्ती नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सुझाव दिए।
 
उनले भने ‘म हाम्रो प्रधानमन्त्री ज्यूलाई भन्न चाहान्छु- तपाई यो ठाँउबाट स्विच थिचेर यो ६ हजार ७ सय ४१ वटा वडामा एकै चोटि खेल मैदानको शिलान्यास नगर्नुहोला, एकै चोटि स्विच थिचेर हाम्रो देशको ७ सय ५३ वटा पालीकामा कर्भड हलको लागि शिलान्यास गर्ने गल्ति नगर्नुहोला, यो कुरा मनमा नराख्नुस कि त्यो ठाउँको शिलान्यासमा मेरो नाम चढोस्, यहि प्रवृतिले विगारेको छ।’ व्यक्तिवादी प्रवृति घातक भएको उनको टिप्पणी छ । 

Logo