सप्तरीमा एक हप्ताभित्र दुई युवकको हत्या

सप्तरीमा एक हप्ताभित्र दुई युवकको हत्या

केन्द्रबिन्दु
0
Shares

एक हप्ताभित्र सप्तरीमा हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ ।  

हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा सोमबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए । 

२५ वर्षका जस्तो देखिने युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएपछि स्थानीय त्रसित छन् । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन । घटनाको  विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाइ छ ।

यसअघि गत ३१ वैशाखमा शम्भुनाथ नगरपालिका–२ बस्ने मो.लुकमानको २४ वर्षीय छोरा मो.तफेजुलको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

Logo