आजबाट काठमाडौँमा ‘सम्पदा बस’ सेवा सुरु हुँदै

आजबाट काठमाडौँमा ‘सम्पदा बस’ सेवा सुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

आजदेखी काठमाडौँ उपत्यकामा 'सम्पदा बस' सञ्चालनमा आउने भएको छ। काठमाडौँ उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउन आजबाट 'सम्पदा बस' सेवा सञ्चालनमा आउन लागेकाे हाे। 

नेपाल पर्यटन बोर्डको ब्यवस्थापनमा दुईवटा बिद्युतीय बसहरुमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए।उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यका भित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारबाट ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन्।

आज ललितपुर महानगरपालिकाबाट औपचारिक रुपमा सुरु गरिने ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ । 

Skip This
Skip This
Logo