जाजरकोटको भेरी नगरपालिका १ काले गाउँ स्थित भेरी नदिमा डुबेर एक बालकको मृत्यु भएको छ। नलगाड नगरपालिका ८ का बर्ष १५ का विवेक वि.क. को नदिमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो।
सोमबार दिउँसो ४ बजे तिर साथीसँग पौडी खेल्न भेरीमा गएका उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ। नदीमा डुबेका बालकको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको थियो।
जाजरकोटका डिएसपी सन्तोष रोकाले उद्धार गरेर अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको बताए।































प्रतिक्रिया