काठमाडौं ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वाटफोर्डमाथि वेस्ट हामले जीत निकालेको छ । वेस्ट हामले खेलमा ३–१ गोल अन्तरको जीत निकालेको हो।
वेस्ट हामको जीतमा माइकल एन्टोनियो, थोमस सोउसेक र डेसियन राइसले गोल गरेका थिए । दोस्रो हाफमा वाटफोर्डका ट्रोनि डिनीले सान्त्वना गोल गरे।
जीतसँगै वेस्ट हाम ३७ अंकसहित अंकतालिकाको १५ औं स्थानमा छ भने पराजित भएको वाटफोर्ड ३४ अंकका साथ १७ औं स्थानमा रहेको छ।































प्रतिक्रिया