तराईमा मेघगर्जनसहित हावाहुरी, अन्नबालीमा असर

तराईमा मेघगर्जनसहित हावाहुरी, अन्नबालीमा असर

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशमा मेघगर्जनसहित चलेकाे हावाहुरीबाट अन्नबालीमा असर गरेकाे छ। मंगलबार बिहान करिब एक घण्टा चलेकाे हावाहुरीले अन्नबालीमा नोक्सान पुर्‍याएको किसानहरुले जानकारी दिएका छन्।

फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्‍याएको छ,बर्दिबास-९ का किसान राम नरेशले भने,‘वर्षामात्र भएको भए नोक्सान हुँदैनथ्यो, हावाहुरीले समस्या बनायो। अहिले पनि पानी परिरहेकाे छ।’

वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुको बुझाइ छ। मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायुविज्ञ विराट पन्त बताउँछन्। 

अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप,लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्‍याएको थियो।महोत्तरीका किसानहरुले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए। तराईमा केही दिनदेखि गर्मी पनि अत्याधिक बढेको छ। 

केही वर्ष अगाडि र अहिलेको तुलना गर्दा गर्मीमा नै निकै ठूलो फेरबदलको महसुस गरिरहेको स्थानीयहरु बताउँछन्।लामो समयदेखि खडेरी पर्ने र एकैचोटी वर्षा र हावाहुरी आउँदा किसानहरु समेत चिन्तित बनेका छन्।‘पानी आउँदैन, आउन लाग्यो भने बौलाएर आउँछ, के हुन्छ भन्नेमा नै डर लागेर आउँछ,बर्दिबास-३ का किसान द्रोण खड्काले चिन्ता व्यक्त गर्दै भने।’

Skip This
Skip This
Logo