बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ‘हल्कारा’ ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन विजेता घोषणा गरिएको छ।
प्रतियोगितामा भाग लिएका मध्ये मापदण्डमा परेका तीनजना विजेता छानिएका हुन्। जसमा प्रथम हुनेलाई ५० हजार रूपैयाँ द्धितीय हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँको व्यवस्था गरिएको छ।
जसमा प्रथम अन्नपूर्ण गाउँपालिका-०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर,काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका-०६, मकवानपुरका बासुदेव अर्यालले रहेका छन्।
चलचित्र टिमले विजेताहरुलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएका छन्।यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो।
पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयबाट पठाउनुपर्ने प्रावधान राखिएको थियो। सोहि अनुरुप नेपालभरबाट पत्रहरु प्राप्त भएका थिए। यो प्रतियोगिताका विजेता बैशाख २७ गते घोषणा हुने भनिएतापनि केहि प्राविधिक समस्याका कारण नतिजा आज प्रकाशन गरिएको आयोजकले जनाएका छन्।































प्रतिक्रिया