कोमाकी नेपालले ल्यायो पावरफुल इलेक्ट्रिक स्कुटर एलवाई प्रिमियम

कोमाकी नेपालले ल्यायो पावरफुल इलेक्ट्रिक स्कुटर एलवाई प्रिमियम

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा पावरफुल भर्सन कोमाकी एलवाई प्रिमियम भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले सो स्कुटर नेपाली बजारमा लन्च गराएकाे हाे। 

हाल केही समयका लागि स्कुटरमा १४ हजार रुपैयाँ छुट उपलब्ध छ। यस अनुसार हाल कोमाकी एलवाई प्रिमियम इलेक्ट्रिक स्कुटर ३ लाख ४५ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनिले जनाएकाे  छ। 

यो स्कुटरमा बढी पावर र रेन्ज उपलब्धका साथै कोमाकी एलवाई प्रिमियममा ३ हजार २ सय वाटको पिक मोटर पावर र २.०४६ किलोवाट आवरको ड्युअल लिथियम आइरन फस्फेट ब्याट्री समेत रहेको छ। यसले ४.१० किलोवाट आवर बराबरको ब्याट्री पावर दिने कम्पनीको भनाइ छ।

Skip This
Skip This
Logo