ह्वात्तै बढ्यो विद्युतीय गाडीकाे आयात, वैशाख महिनामै भित्रिए ५०४ सवारी

ह्वात्तै बढ्यो विद्युतीय गाडीकाे आयात, वैशाख महिनामै भित्रिए ५०४ सवारी

केन्द्रबिन्दु
0
Shares

गत बैशाख सम्म नेपालमा ५०४ विद्युतीय कार भित्रिएका छन्।भन्सार विभागको तथ्यांक अनुसार चैतसम्म २ हजार ४५१ विद्युतीय कार भित्रिएका थिए।

चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको १० महिनामा २ हजार ९५५ वटा विद्युतीय कार आयात भएको  जनाइएकाे  छ। १० महिनाको अवधिमा ८ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ मूल्य बराबरका २ हजार ९५५ वटा विद्युतीय कार आयात भएका छन्। 

१० महिनामा भारतबाट सबैभन्दा धेरै विद्युतीय कार आयात भएको भन्सार विभागकाे  तथ्यांकले जनाएकाे छ। आयात भएका सबैभन्दा धेरै १ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कार हुन्।

१ सय किलोवाट क्षमतासम्म मोटर भएका २ हजार ८८२ वटा विद्युतीय कार आएका छन्। १ सयदेखि २ सय किलोवाटसम्म ६६ वटा र २ सय किलोवाटभन्दा माथिका ७ वटा विद्युतीय कार छन्।

यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था नरहेकाेमा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको विद्युतीय अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ। 

विद्युतीय कारको माग बढ्दै गएको र १ सय किलोवाट मोटर क्षमता भएका विद्युतीय कारमा करको दर कम भएकाले विभिन्न कम्पनीहरुले सोही क्षमताका विद्युतीय कार ल्याउने तयारी गरिरहेका छन्।

हाल नेपालमा विद्युतीय कार उपलब्ध गराइरहेका टाटा, हुन्डाई, निटा, किया, एमजी, टेस्लालगायत ब्रान्डका साथै अन्य नयाँ ब्रान्डका विद्युतीय कारसमेत नेपाल ल्याउने तयारी व्यवसायीहरुले गरेका छन्।

Logo