माओवादीलाई बास्कोटाको जवाफः ओलीलाई ‘हेडमास्टर’को उपाधिले पुग्दैन, उपकुलपति हुन्

माओवादीलाई बास्कोटाको जवाफः ओलीलाई ‘हेडमास्टर’को उपाधिले पुग्दैन, उपकुलपति हुन्

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हेडमास्टर’को उपाधिले मात्रै नपुग्ने टिप्पणी गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बास्कोटाले सत्तारुढ सांसदले अध्यक्ष ओलीलाई दिएको हेडमास्टरको उपाधिले नपुग्ने बताउँदै उपकुलपति भएको टिप्पणी गरेका हुन् । 

‘हेडमास्टर भन्नुभो, हामी आक्रोशित छैनौं। नेकपा एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईंहरूले दिएको उपाधिले पुग्दैन, उहाँ त उपकुलपति हो, प्रोफेसर डाक्टर हो’ उनले भने । 

यसअघिको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नीति, कार्यक्रममा टिप्पणी गर्ने क्रममा अध्यक्ष ओलीलाई लक्षित गर्दै भनेका थिए- ‘प्रतिपक्ष भएर हेडसरको शैलीमा सदनमा प्रस्तुत भएर सल्लाह सुझाव दिने ठाउँमा  सबै सांसदलाई हेडसर जसरी पढाएर गल्ती गर्नुभयो ।’ 

सांसद सापकोटाको आक्रोश- ‘ओलीले हेडसरको शैलीमा पढाएर गल्ती गरे’

Skip This
Skip This
Logo